बाँकेमा कोभिडविरुद्ध भेरोसेलको दोस्रो डोज आज

    • स्वास्थ्य पेज

  • २२ असार २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज कोरोना भाइरसबिरुद्धको चिनिया खोपभेरोसेलको दोस्रो मात्रा लगाइँदै छ । स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माका अनुसार आज जिल्लाका सबै स्वास्थ्य संस्थाबाट भेरोसेलको दोस्रो मात्रा लगाउन लागिएको हो ।

गएको जेठ २६ गते पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिन लागिएको खोप अधिकृत शर्माले जानकारी दिनुभयो । जिल्लाका आठ वटै स्थानीय तहका ८१ वटा वडामा भएका स्वास्थ्य संस्थामार्फत खोप लगाउने लक्ष्य भएपनि कुनै स्थानीय तहमा खोप लगाउने मात्रा अनुसार अर्को दिन खोप लगाउन सक्ने खोप अधिकृत शर्माले बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर ८ हजार ५ सय ९० जनालाई खोप लगाउने लक्ष्य रहेको छ ।

सरकारले बाँकेमा भेरोसेलको पहिलो मात्रा ६२ देखि ६४ वर्षका उमेरसमूहका जेष्ठ नागरिसँगै फ्रन्टलाइनरलाई दिने भनेको थियो । तर बाँकेमा भने लक्षित समूहभन्दा बाहिरका व्यक्तिहरुलाई पनि खोप दिएपछि विवाद भएको थियो । खोप लगाउन जाँदा कार्ड भने अनिवार्य गरिएको छ ।

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech