देशभर २ हजार ६२२ जनामा कोरोना पुष्टि, २२११ जना निको भए

    • स्वास्थ्य पेज

  • २१ असार २०७८, सोमबार

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर २ हजार ६२२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ जना र ४ हजार २८ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ८७७ जना गरि कुल २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणबाट निको भएर २४ घण्टामा २ हजार २११ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेहरुको कुल संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ । अहिले निको हुनेदर ९४.६ प्रतिशत छ । यस्तै कोभिड संक्रमणका कारण गएको २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ ।

हालसम्म देशभर संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ९ हजार २४८ पुगेको छ ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech