बाँकेका प्रयोगशालामा ३१ जनामा कोभिड पुष्टि, जिल्लाका ९ जना मात्रै

    • स्वास्थ्य पेज

  • २१ असार २०७८, सोमबार

नेपालगन्ज: बाँकेमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १६९ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा १०७ नमुना परीक्षण गर्दा २४ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ३१ नमुना परीक्षण गर्दा ३ जना र बागेश्वरी ल्याबमाा ३१ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा हालसम्म ८४ हजार ८०८ जनाको पीसीआर परीक्षण सम्पन्न भईसकेको छ ।

संक्रमण पुष्टि भएका मध्य जिल्लाका ९ जना मात्र छन् । जिल्ला कोभिड १९ व्यवस्थापन समितिका अनुसार गएको २४ घण्टामा १ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । त्यस्तै २४ घण्टामा थप २ जनाले संक्रमणकै कारण मृत्यु भएको छ ।

मृत्यु हुनेहरु दुवैजना अन्यत्र जिल्ला बाहिरबाट उपचारका लागि बाँके आएका हुन् । जिल्लामा अहिले संक्रमण करिब नियन्त्रणमा आएको छ । संक्रमण निरन्तर घटेको भएरपनि प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ ।

अब जिल्लामा एकसातादेखि लागु जोर बिजोर प्रणाली पनि हटेको छ । संक्रमण ओरालो लागेपनि जोखिम टरिनसकेका कारण सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech