नेपालगन्जका ४३ वर्षीय पत्रकार सिद्दिकीको ह्रदयघातका कारण निधन

    • स्वास्थ्य पेज

  • २१ असार २०७८, सोमबार

नेपालगन्जः नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य मोबिनुद्दिन सिद्दिकीको निधन भएको छ । ४३ वर्षीयउ पत्रकार सिद्दिकीको ह्रदयघातका कारण आइतवार साँझ ७ बजेतिर निधन भएको हो ।

उपचारका लागि नेपालगन्ज शिक्षण अस्पताल पुर्याएलगत्तै सिद्दिकीको निधन भएको चिकित्सकले घोषणा गरेका थिए । सिद्दिकी महासंघसँगै प्रेस संगठन बाँके र मुस्लिम पत्रकार क्लबमा आवद्ध रहनुभएको थियो ।

सिद्दिकी नेपाालगन्जबाट प्रकाशित युथ टुडे अनलाइनका सम्पादको जिम्मेवारीमा समेत रहनुभएको थियो । नेपालगन्ज उपमहानगरपालिका–१ धम्वोजी निवासी सिद्दिकीको आज दिउँसो १ बजे इस्मालीक संस्कार अनुसार कब्रिस्तानमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।

उहाँका श्रीमति, एकछोरा र एक छोरी हुनुहुन्छ । सिद्दिकीको निधनप्रति नेपाल पत्रकार महासंघ बाँके, प्रेस चौतारी तथा प्रेससंगठनलगायतका पत्रकारका संघसंगठनहरुले दुख व्यक्त गरेका छन् ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech