कोरोना भाइरसको डेल्टा भेरियन्ट ९८ देशमा, फैलिनेक्रम तीब्रः डब्लुइचओ

    • स्वास्थ्य पेज

  • २० असार २०७८, आईतवार

नेपालगन्जः कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिलेसम्म ९८ वटा देशमा फैलिसकेको छ। तर धनी देशले न्यून आयस्रोत भएका राष्ट्रहरुलाई खोप दिन धेरै ढिलाइ गरेका कारण कयौं मानिसहरुको ज्यान खतरामा भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।

डब्लुएचओका निर्देशक डा टेड्रोस गेब्रियसिसका अनुसार धनी राष्ट्रहरुले वितरण गर्ने भनिएको खोप निकै न्यून रहेकाले खोपभन्दा अघि नयाँ भेरियन्ट डेल्टा भाइरस पुगिरहेको छ।

अक्सफोर्ड र एस्ट्राजेनेका खोप उत्पादन टिममा रहेकी प्रोफेसर डेम सारा गिल्बर्टले बालबालिकाहरुका लागि खोप उत्पादन गर्न लागिपरेको बताउनुभयो।‘डेल्टा भाइरस एकदम खतरनाक छ। हाल यो भाइरसले नयाँ स्वरुप परिवर्तन गर्दैछ। यसलाई ध्यानपूर्वक मूल्याङकन गर्न जरुरी छ। डेल्टा भाइरस ९८ वटा देशमा देखिइसकेको छ यो गरीब राष्ट्रहरुमा झनै चाँडो फैलिरहेको छ,’ उहाँले भन्नुभयो ।

हालसम्म विश्वभरी ३ अर्ब मानिसहरुले खोप लगाइसकेका छन्। खोप उत्पादन गर्ने कम्पनीहरु बायोटेक, फाइजर, मोर्डनाहरुलाई आफूले जानेको कुरा सबैलाई दिएर खोप उत्पादनमा बृद्धि गर्न सहयोग गर्न रोजालिण्ड फ्यांकलिन इन्सिच्युटका डाईरेक्टर जेम्स नेस्मिथले बताउनुभयो।

  • २० असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech