कर्णाली प्रतिष्ठान फ्याकेल्टी कल्याण समितिको अध्यक्षमा डा लिम्बु

    • स्वास्थ्य पेज

  • २० असार २०७८, आईतवार

जुम्लाः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको फ्याकेल्टी कल्याण समितिको अध्यक्षमा डा सूर्यमान लिम्बु निर्वाचित हुनुभएको छ ।
डा अनुस्मृती पाललाई पराजित गर्दै डा लिम्बु समितिको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

निर्वाचन समितिका संयोजक सहप्रध्यापक डा पुजनकुमार रोकायाका अनुसार उपाध्यक्षमा प्रेमप्रसाद पन्त, महासचिवमा डा कमलप्रसाद थानी, सहसचिवमा विवेक पुनमगर र सदस्यमा फार्मेसी शुष्मा काफ्ले निर्वाचित हुनुभएको छ ।

पन्तसँग डाकृष्णकुमार झा, थानीसँग डा अर्जुन तिवारी, पुनमगरसँग डा तुलाकृष्ण गुप्ता र काफ्लेसँग रविन्द्र रोकाया पराजित हुनुभएको हो । सर्वसम्मतको प्रयास सम्भव नभएपछि निर्वाचनबाट नयाँ पदाधिकारी चयन भएका हुन् ।

 

  • २० असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech