निषेधाज्ञाबारे समीक्षा गर्न सिडियोहरुको बैठक बस्दै

    • स्वास्थ्य पेज

  • २० असार २०७८, आईतवार

काठमाडौंः उपत्यकामा जारी निषेधाज्ञाको समीक्षा गर्ने उद्देश्यले आज प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज आइतबार मध्यराति सकिँदैछ। पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सकिँनै लाग्दा दिउँसो ३ बैठक बस्ने भएको हो।

उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा निर्णय लिन दिउँसो उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअहरुको बैठक बस्न लागेको हो।

आज बस्ने बैठकले यसअघि प्रतिबन्धित क्षेत्रलाई थप खुकुलो बनाउनेबारे छलफल हुने काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले बताउनुभयो।

पछिल्लो पटक सार्वजनिक यातायातमा जोर विजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो। त्ययसैगरी सबैखाले पसलहरु पनि दिनभर खोल्न दिइएको छ।

  • २० असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech