संक्रमण दर फेरि बढ्यो

    • स्वास्थ्य पेज

  • २० असार २०७८, आईतवार

नेपालगन्जः कञ्चनपुरमा पछिल्लो एक साताको अवधिमा निको हुनेभन्दा संक्रमित हुने दर बढ्दै गएको छ  । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गएको आइतबारदेखि बजार व्यवसाय र यातायात बिहान ६ देखि साँझ ६ बजेसम्म खुला रहने निर्णय गरेको थियो  ।

सोही निर्णय लागू भएकै दिनदेखि संक्रमितको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । निषेधाज्ञा खुकुलो हुनुअघिसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ८० पुगेको थियो । अहिले बढेर १ सय १३ पुगेको छ । निषेधाज्ञा खुकुलो भएपछि संक्रमण केही बढेजस्तो देखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको प्रमुख शिवराज सुनारले बताउनुभयो ।

उहाँले परीक्षणको दायरा बढाएका कारण पनि संक्रमित बढी देखिएको हुन सक्ने बताउनुभएकोछ । स्वास्थ्य कार्यालयका अनुसार अहिले पालिकाहरूमा मात्रै दैनिक २ सय बढीको एन्टिजेन परीक्षण हुने गरेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा एन्टिजेन परीक्षण भइरहेको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले असार २१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । तर, बजार भने बिहान ७ देखि दिउँसो ३ बजेसम्म खुला गरिएका छन् । सार्वजनिकस्थल, अस्पताल, बैंक, स्थानीय तहका कार्यालयमा भीडभाड बढिसकेको छ । निषेधाज्ञा खुकलो भएसँगै आवतजावत बढ्ने र संक्रमण दर फैलिन सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

  • २० असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech