यसकारण जन्मिन्छन् जुम्ल्याहा बच्चा

    • स्वास्थ्य पेज

  • २० असार २०७८, आईतवार

यसकारण जन्मिन्छन्  जुम्ल्याहा बच्चाः

१.यौनसम्पर्कपछि पुरुषको वीर्य महिलाको डिम्बाशयसँग मिलन हुने क्रममा दुई अलग अण्डाको फर्टिलाइजशन (निषेचित) हुँदा वा फर्टिलाइज भएको एउटा अण्डा दुई भागमा विभाजित भएमा पनि जुम्ल्याहा बच्चा जन्मिन सक्ने सम्भावना रहन्छ ।

२. जुम्ल्याहा सन्तानको सम्भावना प्रजनन उपचार गरेका, बढि उमेरका महिला र फेमिलि हिस्ट्रि (परिवारमा यसअघि जुम्ल्याहा शिशु जन्मिएका) भएका दम्पतिमा उच्च रहन्छ ।

३.प्रजननको निमित्त उपचार गराउने समयमा एकभन्दा बढि एब्रियो गर्भमा ट्रसफर गर्नाले पनि जुम्ल्याहा शिशुको सम्भावनालाई बढाउँछ ।

४. प्रजनन सम्बन्धिका औषधिले महिलाको अण्डाशयलाई उत्तेजित पार्ने काम गर्छ । यसैकारण महिलामा दुई अण्डाहरु निष्काशन हुनपुग्छ । र, यसरी निष्काशन भएका दुवै अण्डामा वीर्य फर्टिलाइज भएमा पनि जुम्ल्याहा शिशु जन्मिन्छन् ।

यसका जोखिमहरुः
जुम्ल्याहा शिशु जन्मको सबैभन्दा उच्च जोखिम भनेको स्टिलबर्थ (गर्भमा नै मृत्यु हुने प्रक्रिया) हो । सबै जुम्ल्याहा शिशु सामान्य रुपमा नै जन्मिन्छन्, भन्ने हुँदैन ।

अधिकांशमा गर्भमा रहेको शिशुमा स्टिलबर्थ ( गर्भमा नै मृत्यु हुने प्रक्रिया) हुने सम्भावना उच्च रहन्छ । तसर्थ, यस्तो अवस्थामा शल्यक्रियाद्धारा नै शिशु बाहिर निकालनुपर्ने हुन्छ । एक भन्दा बढि सन्तान भएका अधिकांश महिलाको प्रसुतिको विकल्प शल्यक्रिया नै हुनसक्छ ।

  • २० असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech