अब गर्भवतीले पनि कोरोनाविरुद्धको भ्याक्सिजन लगाउन पाउने

    • स्वास्थ्य पेज

  • १९ असार २०७८, शनिबार

नेपालगन्जः भारतमा गर्भवतीलाई पनि कोरोनाविरुद्ध भ्याक्सिन लगाउन अनुमति दिइएको छ। अहिलेसम्म गर्भवतीहरूलाई भ्याक्सिन नलगाउन सल्लाह दिइएको थियो।

गर्भावस्थामा भ्याक्सिन लगाउँदा महिलाको स्वास्थ्य तथा भ्रुणमा समेत गम्भिर असर देखिने बताइएको थियो। तर अब नयाँ नियमअनुसार कुनै पनि समयको गर्भवती महिलाले भ्याक्सिन लगाउन सक्नेछन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्यसमम्बन्धि राष्ट्रिय प्राविधिक सल्लाहकार समूहले गर्भवतीहरूलाई पनि भ्याक्सिन लगाउन सिफारिस गरेको हो।

अब भारतमा गर्भवती महिलाहरूले पनि भ्याक्सिन लगाउनका लागि अनलाइन फाराम भर्नसक्नेछन् अथवा नजिकैको खोप केन्द्रमा गएर उनीहरूले सिधै खोप लगाउन पाउनेछन्।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech