यस्ता छन् करेला खानुका फाइदा

    • स्वास्थ्य पेज

  • १८ असार २०७८, शुक्रबार

करेला सेवन स्वास्थ्यका लागि राम्रो मानिन्छ । कम्तीमा हप्तामा एक पटक करेला खानुपर्छ । किनभने अन्य सब्जीको तुलनामा यसमा धेरै औषधिय गुण हुन्छ । करेला प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिनको स्रोत हो ।

तिते करेलाको स्वाद सबैलाई मन नपर्न सक्छ । कति त तिते करेलाको नामै लिन चाहदैनन् । तर, यहि तिते करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी १२, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस लगायतका गुणकारी भिटामिनहरु पाइन्छ । सकेसम्म करेलालाई उसिनेर सेवन गर्नु राम्रो हो ।

ताजा करेलाको अचार, जुस बनाएर खान सकिन्छ ।

करेला खानुका केही फाइदाहरु :

–  डायबेटिजको समस्या भएका बिरामीहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्दछ ।

–  करेला खाने गर्नाले रगत सफा हुने र रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि मद्दत पुर्याउँदछ ।

–  बान्ता, हैजा आदि रोग लागेमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गर्दा शिघ्र स्वास्थ्य लाभ हुन्छ ।

–  कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी मानिन्छ ।

–  कब्जियत हुन दिँदैन ।

–  पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ ।

–  दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो ।

–  तिते करेलामा फेस्फोरस हुने भएकाले यसले घाटीमा जमेको कफलाई हटाउँछ ।

–  करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ ।

–  करेलामा बिटा–क्यारोटीन र भिटामिन ए पर्याप्त मात्रामा हुन्छ । जसले आँखा स्वस्थ राख्न मद्दत गर्छ ।

– करेला शितल खाद्य सामाग्री भएकोले गर्मी याममा करेला खानु लाभदायक मानिन्छ ।

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech