पानी पिउनुका फाइदा

    • स्वास्थ्य पेज

  • १८ असार २०७८, शुक्रबार

शरीरलाई खानाजस्तै पानी पनि उत्तिकै आवश्यक छ । शरीरमा आवश्यक पानी भएन भने विभिन्न रोगको जोखिम बढ्न सक्छ । कुनैपनि स्वास्थ्य समस्या भएका बेला चिकित्सकहरुले पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । शरीरलाई स्वस्थ राख्न पानी पिउने समय र तरिकाबारे थाहा पाउनु जरुरी छ ।

स्वास्थ्यका लागि दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनुपर्छ । पानीको पर्याप्त सेवनले पाचन प्रणाली, छाला तथा कपाललाई पनि स्वस्थ बनाउँदछ । हामीले खाएको पोषक तत्व रगतमा पुर्याउन र शरीरको विजातिय तत्व बाहिर निकाल्न पानीको भुमिका रहन्छ । तर पानी कुन समयमा र कति मात्रामा पिउने भन्ने बारे सबैलाई पिरोलिरहेको हुन्छ।

कतिपय मानिस प्यास मेटाउन मात्र पानी पिउने गर्छन्। कोही बिहान प्रशस्त मात्रामा पिउछन् भने कोही रातिको समयमा पनि पानी पिएर सुत्ने गर्छन्। सामान्य व्यक्तिले (पुरूष या महिला) दिनमा दुई देखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ। तर यो एकै चोटी पिउनु हुँदैन। यसको लागि यही समय भन्ने पनि छैन।

पिसाब पहेँलो हुनु हुँदैन। पिसाब पहेँलो छैन भने शरीरमा पानीको मात्रा कमी छैन भन्ने बुझ्न सकिन्छ। यदी तिर्खा लागिहाल्यो भने तिर्खा मेट्नुपर्छ। यसको मतलब यो होइनकि तिर्खा लाग्नासाथ १ लिटर,२ लिटर पानी खाइहाल्नुपर्छ। सामान्यत सबैले बिहान उठ्नसाथ पानी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। ग्याष्ट्रिकको समस्या हुनेले अनिवार्य जस्तै हो। राति पानी पिउँदा केही बिग्रिदैन। तर, पिसाबको समस्या हुनेले नपिएको राम्रो हो।

समयअनुसार शरीरमा पानीको आवश्यकता पर्छ। गर्मी महिनामा बढी र नियमित पानी खाइरहनुपर्छ। बिहान उठ्नेबित्तिकै सकेसम्म धेरै पानी पिउन राम्रो मानिन्छ। शारीरिक व्यायाम गर्ने, गर्मी मौसममा काम गर्ने र स्तनपान गराइरहेका आमाले धेरै पानी पिउनुपर्छ। स्तनपान गराइरहेका आमाले आफू र बच्चालाई स्वस्थ राख्न पनि प्रशस्त पानी पिउनुपर्छ ।

किड्नीको बिरामीले भने पानीको मात्रा बढाउनुपर्छ। किड्नीको बिरामीले एक दिनमा कति पिसाब फेर्छ त्यो भन्दा पाँच सय एमएल बढी पानी पिउनुपर्छ। यस्ता बिरामीले डाक्टरको सल्लाहमा पानीको मात्रा मिलाउनुपर्छ। खाना खाने समयमा पानी नखाएकोनै राम्रो हो। शरीरको तौल घटाउन चाहनेहरुले भने खाना खानुभन्दा आधा घण्टा अगाडि एक दुई गिलास पानी पिउँदा राम्रो हुन्छ।

पानी खाएर खाना खाने हो भने खाना थोरै रूच्छ। खाना खाएको समयमा पानी खाने हो भने खाना राम्रोसँग रुच्दैन त्यसैले पानी पिउँनु हुँदैन भनिएको हो तर पिउन नै नहुने त्यस्तो कुनै कारण भने छैन । पर्याप्त पानी पिउनाले सरीरबाट हानिकारक तत्वको निष्कासन सहज हुन्छ, जसका कारण पत्थरी जस्ता समस्या दूर हुन्छन् ।

भोजनलाई पचाउनका लागि पेटमा इन्जाइम तथा अम्ल समेतको उत्पादन हुन्छ । यस्तो अम्ललाई निस्कृय बनाउनका लागि पर्याप्त पानी पिउनु आवश्यक हुन्छ । यदि पानी कम पिउने हो भने त्यसले ग्यास्ट्रिक, अपच जस्ता समस्या निम्ताउँछ ।

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech