बाँकेमा ९२ नमुना परीक्षण गर्दा ८ जनालाई कोरोना

    • स्वास्थ्य पेज

  • १७ असार २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ९२ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

तीमध्ये बाँकेका ५ जना छन् । आजसम्म ८४ हजार २ सय ६१ नमुना परीक्षण भएको छ । त्यसमा १७ हजार ४ सय ५२ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ जना डिस्चार्ज भएका छन् । योसँगै १७ हाजर ९४ जना संक्रमणमुक्त भएका छन् । गएको २४ घण्टामा संक्रमणका कारण कसैको पनि मृत्यु नभएको समितिले जनाएको छ ।

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech