शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा सुरु

    • स्वास्थ्य पेज

  • १७ असार २०७८, बिहीबार

काठमाडौं: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा सुरु भएको छ ।

अस्पतालमा नियमित एआरटी औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको बिहीबारदेखि निःशुल्क स्वास्थ्य बिमा सुरु भएको हो।अस्पतलका निर्देशक डा अनुप बास्तोलाका अनुसार अस्पतालबाट २ हजार ११ जनाले नियमित एआरटी औषधि लिइरहेका छन् ।

स्वास्थ्य बिमामा आवद्ध भएका एचआइसी संक्रमितहरुले वार्षिक एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउनेछन्।

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech