बाँकेमा २७ नयाँ कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १६ असार २०७८, बुधबार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीन वटा ल्यावमा १ सय २७ नमुना परीक्षण गर्दा २७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा ६४ नमुना परीक्षण गर्दा १५, मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा १० र बागेश्वरी ल्यावमा २७ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

ती मध्ये बाँकेमा ८ जना छन् भने बाँकी बाहिरी जिल्लाका हुन् । पछिल्लो २४ घण्टामा थप ८ जना डिस्चार्ज भएका छन् ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech