कोभिडबाट नेपालगन्जकी महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ असार २०७८, बुधबार

तस्बिर:फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट नेपालगन्जकी एक महिलाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका–१२ की ७२ वर्षीया महिलाको आज दिउँसो मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिले बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि असार ३ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसको भोलिपल्ट उनी भेरीको कोभिड वार्डमा भर्ना भएकी थिइन् ।

उनको उपचारका क्रममा दिउँसो १ः २० मा मृत्यु भएको हो ।योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ११ पुगेको छ ।

असार ३ गते यता भाइरस संक्रमणबाट बाँकेका कसैको पनि मृत्यु भएको थिइएन् ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech