भेरी अस्पतालमा कोभिड संक्रमित महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ असार २०७८, बुधबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा थप एकजना संक्रमितको मृत्यु भएको छ । चन्दनाथ नगरपालिका–१० जुम्लाकी ६८ वर्षीया महिलाको गएराती मृत्यु भएको हो ।

असार ९ गते भाइरस संक्रमण पुष्टि भएकी ति महिला १४ गते अस्पतालको कोभिड वार्डमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा सुधार नआएपछि उनको उपचारकै क्रममा गएराती साढे ८ बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृत्यु हुने भाइरस संक्रमितको संख्या ३ सय ६२ पुगेको छ ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech