नेपालगन्जः भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ९५१ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ६० हजार ७२९ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ५ लाख ३७ हजार ६४ पुगेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप ८१७ जनाको मृत्यु भएको छ।
भारतमा हालसम्म ३ लाख ९८ हजार ४५४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।