कुन उमेरका मानिस कति घण्टा सुत्ने ?

    • स्वास्थ्य पेज

  • १६ असार २०७८, बुधबार

शरीरलाई स्वस्थ्य राख्नको लागि स्वास्थ्य खानपानसँगै निन्द्रा पनि महत्वपूर्ण हुन्छ । अनिदोका कारण मानिस स्वास्थ्य रहन सक्दैनन् । कम सुत्नुका कारण गुम्सावट, टेन्सन र चिडचिडापनजस्ता समस्या देखिन सक्छ ।

साथै कम निन्द्राको कारणले मानसिक तनाव जस्ता समस्याहरु पनि देखिन सक्दछन् । जुनसुकै उमेर समुहको मानिसलाई आफ्नो उमेरको हिसावले सुत्न आवश्यक हुन्छ । समय मिलाएर सुत्दा तपाईको छाला चाडै बुढो हुदैन र तपाई लामो समयसम्म स्वस्थ र खुसी जीवन जीउन सक्नुहुन्छ ।

शरीरलाई क्रियाशील र स्वास्थ्य राख्नको लागि खानपानसँगै पर्याप्त आरामको पनि जरुरी पर्छ । यदि शरीरले पर्याप्त मात्रामा आराम पाएनभने हामीले दैनिक गर्ने कामहरुमा प्रत्यक्ष रुपमा असर पर्न सक्छ । त्यसैले आफ्नो नियमित कार्यलाई सफल बनाउन आवश्यकता अनुसार निन्दा पुग्नेगरी सुत्नुपर्छ । निद्रा कम हुँदा जीवनपद्धति र स्वास्थ्यलाई समेत असर पुर्‍याउँछ।

तपार्ईंलाई कति समय सुत्न जरुरी हुन्छ भन्ने कुरा तपार्ईंले कति समय काम गर्नुहुन्छ र कति ‘स्ट्रेस’ लिनुहुन्छ भन्ने कुराले पनि फरक पार्छ। भनिन्छ, स्वास्थ्य जीवनका लागि दैनिक ७ वा ८ घण्टा मस्त निदाउनुपर्छ । बच्चाहरुले भने उमेर अनुसार यो भन्दा बढी समय निदाउनु पर्छ । वयस्कले कम्तीमा ८ घण्टा निदाउनै पर्छ ।

कुन उमेरका मानिस कति घण्टा सुत्ने ?

भर्खर जन्म लिएका ०-३ महिना दैनिक: १४ देखि १७ घन्टा

शिशु ४-११ महिना दैनिक: १२ देखि १५ घन्टा

बच्चा १-२ वर्ष दैनिक: ११ देखि १४ घन्टा

३-५ वर्ष दैनिक: १० देखि १३ घन्टा

६-१३ वर्ष दैनिक: ९ देखि ११ घन्टा

१४-१७ वर्ष दैनिक: ८ देखि १० घन्टा

१८-२५ वर्ष: दैनिक ७ देखि ९ घन्टा

२६-६४ वर्ष दैनिक: ७ देखि ९ घन्टा

६५ वर्षभन्दा माथिका दैनिक ७ देखि ८ घन्टा

“यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस्,”

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech