यसरी गर्न सकिन्छ सुत्केरी आमाको हेरचाह !

    • स्वास्थ्य पेज

  • १५ असार २०७८, मंगलवार

नवजात शिशु जन्मेपछि परिवारको ध्यान शिशुमा हुने गर्छ । तर शिशुलाई जस्तै सुत्केरी आमाको पनि स्याहारसुसार गर्नुपर्छ । शिशु जन्मिएको एक हप्ताभित्र सत्केरी आमाको अझ बढी हेरचाहमा ध्यान दिनुपर्छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण मेडिकल कलेज कोहलपुरमा स्त्रीरोग विभागमा कार्यरत गाइनेकोलोजिष्ट डा गोमा रिमाल नवजात शिशु जस्तै सुत्केरी आमालाई पनि स्याहारसुसारमा ध्यान दिन जरुरी हुने बताउँनुहुन्छ ।

यसरी गर्न सकिन्छ सुत्केरी आमाको हेरचाह 

–सुत्केरीमा रक्तश्रावको जोखिम बढी हुने गर्छ यसतर्फ बिशेष ध्यान दिनु पर्छ ।

–यदी योनी सिलाइएको छ भने टुक्रुक्क बस्नु हुँदेन्, खुट्टा सिधा गरे बस्नु पर्छ ।

–योनीमा घाउ छ भने सफा कपडाले मनतातो पानीको साहाराबाट सफा गर्नु पर्छ ।

–सुत्केरी आमाले कम्तिमा ६ हप्तासम्म आराम गर्नुपर्छ ।

– शिशु जन्माएको एक हप्तासम्म नुहाउन नसके पनि यौनांगहरु सधैँ सफा राख्नुपर्छ ।

–सुत्केरी आमाले साविकको भन्दा बढि खाना खानुपर्छ ।

–माछा, मासु, गेडागुडि, सागसब्जिलगायतका खाने कुरा खानु पर्छ ।

–यो समयमा प्रशस्त झोलिलो पदार्थ पिउनुपर्छ ।

–६ महिना अघिका शिशुलाई स्तनपान मात्र गराउनुपर्छ ।

–पहिलो पटक सुत्केरी हुने आमाले स्तनपानमा बढी ध्यान दिनु पर्छ । दुध आएन भन्दैमा बच्चालाई दुध चुसाउन छाड्नु हुदैन्। नत्र गानो परेर अन्य स्वास्थ्य समस्या आउन सक्छ ।

 

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech