राप्रपाद्वारा सेती प्रादेशिक अस्पताललाई ३५ थान अक्सिजन सिलिन्डर प्रदान

    • स्वास्थ्य पेज

  • १५ असार २०७८, मंगलवार

धनगढी: राप्रपा कैलालीले सेती प्रादेशिक अस्पताललाई ३५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ ।

कोरोना भाइरसका बिरामीहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले सिलिन्डर सहयोग गरेको राप्रपाका युवा नेता पुरु दाहालले जानकारी दिनुभयो ।

हङकङ स्थायी निवासी सिन हौतुङ र अमरधन मेमोरियल फाउन्डेसनका संस्थापक त्रिलोक गुरुङको सहयोगमा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको बताइएको छ ।

 

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech