हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु

    • स्वास्थ्य पेज

  • १५ असार २०७८, मंगलवार

हेटौंडा : हेटौँडास्थित हेटौंडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा डायलासिस मेसिन र पूर्वाधारसमेत तयार पारेपछि अस्पतालमा डायलासिस सेवा सेवा सञ्चालन भएको हो ।

अहिले पाँचवटा मेसिनमार्फत मिर्गौलाका बिरामीको डायलासिस सुरु गरिएको छ । यस सेवाका लागि उपमहानगरपालिकाको समन्वय र सहयोगमा डायलासिस मेसिन ल्याएर सेवा सञ्चालनमा गरिएको हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा अडायलासिस सेवा सञ्चालनपछि सेवा लिनका लागि यसअगावै चितवन, काठमाडौं र वीरगञ्जलगायतका जिल्लामा जानुपर्ने बिरामीको बाध्यता अब अन्त्य हुने विश्वास लिइएको छ ।

अस्पतालले डायलासिस सेवा पनि दिन थालेकाले स्वास्थ्य क्षेत्रमा काँचुली फेरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विष्णुराज जोशीले बताउनुभयो। अस्पतालमा क्रमशः सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा सुरु गरिएको हो ।

नगरवासीलाई स्वास्थ्य उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले उपमहानगरपालिकाको प्रयासमा हेटौंडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech