काठमाण्डौ उपत्यकामा जोर बिजोरको आधारमा ठूला सार्वजनिक बस सञ्चालन

    • स्वास्थ्य पेज

  • १५ असार २०७८, मंगलवार

काठमाण्डौ: काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ। कोरोना सङ्क्रमणदर केही कम भएपछि जनजीवन सहज बनाउन भन्दै निषेधाज्ञा खुकुलो बनाइएको हो । तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न र सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

आजदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय भएको छ । व्यवस्थित र स्वास्थ्य प्रोटोकल अपनाएर यात्रुबाहक सार्वजनिक सवारी चल्नेछन् ।

२५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सवारी साधनमा विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइनेछ र सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

आज बिजोर गते भएकाले बिजोर नम्बर भएका ठूला बस चल्न थालेका छन् । चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने तथा गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने नियम छ । त्यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा गाडी निसङ्क्रमित गर्नुपर्नेछ । राजधानीमा निजी गाडीमा यस अघिदेखि नै जोर बिजोर प्रणाली सुरु भइसकेको छ ।

अब राजधानीमा सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ । यसअघि यी पसलहरुलाई वार तोकिएको थियो । सभा, सम्मेलन, गोष्ठी, सिनेमा हल, चिडियाखानालगायत भीडभाड हुने क्षेत्र भने खुल्ला गरिएको छैन । थपिएको निषेधाज्ञा आउँदो २१ गतेसम्म लागू हुनेछ ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech