के खाली पेटमा बिहानै चिया पिउनु राम्रो बानी हो त ?

    • स्वास्थ्य पेज

  • १५ असार २०७८, मंगलवार

चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ । बिहान उठ्नसाथ ओछ्यानमै चिया पिउने अधिकांशको बानिनै भैसकेको छ । साथिभाई भेट हुदा,  पाहुनाको स्वागत सत्कार गर्न होस्, या गफगाफ हुदा, हामीले चियालाई नै बढि स्थान दिएका छौ । खासगरी नेपालीले बिहानको समयमा चिया पिउने गर्छन् ।  चिया, हाम्रो जीवनशैली नै बनेको छ।

के खाली पेटमा बिहानै चिया पिउनु राम्रो बानी हो त ?

कतिपयले बिहान एक कप दूध चिया पिउँदा उर्जा मिलेको समेत बताउँछन्। तर, चिया कति बेला कति पिउने वा कुन चिया पिउनेबारे हेक्का नराख्दा यसले फाइदा भन्दा मन्द विषको काम गर्छ। बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् ।

चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ । चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन ।

खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ । यसले पेटको अल्सर पनि हुनसक्छ । दूध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ । चिया पिउनै परे कालो चिया वा ग्रीन टी पिउँदा फाइदा हुन्छ। कालो चियामा मरिचको धूलो वा तुलसीको पत्ता राखेर पनि पिउन सकिन्छ।यसले पेटसम्बन्धी समस्यालाई हटाउन सहयोग गर्छ।

कालो चियामा कागती राखेर पिउँदा मोटोपन घटाउँछ।त्यसैले चिया पिउनै परे ठीक समयमा गुणस्तरीय चिया पिउने बानीको विकास गरौं।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech