२४४४ संक्रमित थपिए, थप ४२ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १४ असार २०७८, सोमबार

काठमाडौंः नेपालमा सोमबार थप दुई हजार ४४४ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६ सय ४८ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय ९ जना र ४ हजार ९ सय ९२ एन्टीजेन परिक्षणका क्रममा थप ९३५ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६८ हजार २२१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ५१ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप ३ हजार ८ सय ५४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ३७ हजार ९५० संक्रमित आइशोलेशनमा र ३५७ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३३ लाख २९ हजार ६८७ वटा पिसिआर र १ लाख ७९ हजार ९४१ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech