बाँकेमा आज कति संक्रमित थपिए ?

    • स्वास्थ्य पेज

  • १४ असार २०७८, सोमबार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १९० नमुना परीक्षण गर्दा ३८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १४९ नमुना परीक्षण गर्दा ३१, मेडिकल कलेजमा २८ नमुना परीक्षण गर्दा ४ र बागेश्वरी प्रयोगशालामा १३ नमुना परीक्षण गर्दा ३ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिढ १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

तीमध्ये बाँकेका ९ जना छन् । ८३ हजार ९ सय २४ नमुना परीक्षण भएको छ । त्यसमा १७ हजार ४ सय ३५ जनामा संक्रमण पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १५ जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म १७ हजार ८४ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिलो २४ घण्टामा थप तीनजनाको मृत्यु भएको छ । ती सबै बाहिरी जिल्लाका हुन् ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech