बाँकेमा भोलिदेखि सार्वजनिक सवारी साधन चल्न पाउने तर…!

    • स्वास्थ्य पेज

  • १४ असार २०७८, सोमबार

नेपालगन्जः बाँकेमा सार्वजनिक यातायातका सवारीसाधन चल्न पाउनेगरी निषेधाज्ञा खुकुलो भएको छ । अरु अधिकांश नियम पुरानै छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लामा ‘जोर–विजोर’ नम्वर प्रणालीबाट यातायातका साधानहरु चल्न दिने निर्णय भएको जानकारी दिनुभयो ।

जनस्वास्थयका मापदण्ड पालना गरी सञ्चालन दिने निर्णय भएको उहाँको भनाइ छ । बजार व्यवसाय भने विहान ९ बजेदेखि ४ बजेसम्म खोल्न दिने निर्णय यथावत रहेको प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।

जनस्वास्थ्यको मापदण्ड पालना गरेर पसल व्यवसाय खोल्न दिने निर्णय कायमै रहेको उहाँको भनाइ छ । दोस्रो लहरको कोभिड–१९ को संक्रमण बढेपछि वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

भिडभाड हुने क्षेत्र जस्तै विद्यालय, कलेज, सेमिनार, गोष्ठि, भेला, र्याली, प्रदर्शनलगायतका क्षेत्रमा भने प्रतिबन्ध कायमै रहेको उहाँले जानकारी दिनुभयो ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech