निषेधाज्ञा अझ खुकुलो बनाएर एक साता थप्ने तयारी

    • स्वास्थ्य पेज

  • १४ असार २०७८, सोमबार

नेपालगन्जः कैलालीमा जारी निषेधाज्ञा अझ खुकुलो बनाएर एक साता थप्ने तयारी गरिएको छ । निषेधाज्ञाको स्वरूप परिवर्तन गरि मंगलबारसम्म जारी गरिएको निषेधाज्ञा लम्विने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले जानकारी दिनुभयो।

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएको छ । कैलालीमा दुई महिनादेखि निषेधाज्ञा थपिदैं आएको छ । पछिल्लो समयमा भने भने निषेधाज्ञालाई खुकुलो पार्दै लगिएको छ ।

कैलालीमा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू भईसकेको छ । असार ८ गतेबाट जोर बिजोर प्रणाली लागु भएको भएपनि सार्वजनिक सवारी साधन भने सञ्चालन हुने नहुने विषयमा अन्यौलता कायमै रहेको छ । गृह मन्त्रालयको निर्देशन अनुसार त्यस बारेमा अगाडी बढ्ने सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech