भेरी अस्पतालमा तीन घण्टामा तीन संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १४ असार २०७८, सोमबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप तीनजनाको मृत्यु भएको छ । दैलेख, प्यूठान र दाङका तीन जना पुरुषको आज विहान मृत्यु भएको हो ।

झिमरुक गाउँपालिका–३ प्यूठानका ३८ वर्षीय पुरुष, घोराही उपमहानगरपालिका–११ दाङका ६८ वर्षीय पुरुष र आठविस नगरपालिका–४ दैलेखका ७३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

प्यूठानको पुरुषको एक बजे, घोराहीका पुरुषको २ः३५ बजे र दैलेखका पुरुषको ३ः१५ बजे मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ६१ जना संक्रमितको मृत्यु भएको छ ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech