स्वस्थ जीवनका लागि खानपान

    • स्वास्थ्य पेज

  • १४ असार २०७८, सोमबार

स्वास्थ्य जिवन बाच्न जोकोहि पनि चाहन्छ । तर कसरी स्वास्थ्य रहने ?

मानिस स्वस्थ जिवन बाच्न आफ्नो दैनिकीमा धेरै ख्याल गर्नुपर्ने हुन्छ । सानो सानो कुरामा ध्यान दिन नसक्दा कयौं मानिस अस्वस्थ छन् । स्वस्थ जीवनका लागि जीवनशैली र खानपान ध्यान दिन आवश्यक छ । खानपानमा पूर्णरूपमा सचेत रहन सकेमा मात्रै अधिकांश स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

स्वस्थ रहनका लागि सफा पानी पिउनुस् । कम्तिमा चार लिटर जति पानी पिउनुहोस् । बिहान उठेर शारीरिक व्ययाम गर्नुहोस् । नियमित रूपमा व्ययाम गर्ने मानिसमा रोग नलाग्ने सम्भावना बढी हुन्छ । खानपान व्यवस्थित नहुँदा निद्रा लाग्दैन। निद्राको कमीले टाउको दुख्छ। शरीर दुख्छ। हार्मोन सन्तुुलनमा गडबडी हुन्छ। मोटोपन, चिन्ता, निराशा जस्ता समस्या देखिन्छन्। त्यसैले स्वस्थ जीवनका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन्।

खानपानमा व्यस्थित नभए जीवनशैली अस्तव्यस्त बन्छ। यिनै कारणले पनि तनाव, उच्च रक्तचाप, हृदय रोग, मधुमेह रोगीको संख्या बढेको चिकित्सक बताउँछन्। उचित खानपान औषधी सामान हो । अनुचित खानपान विष समान हो । खाना कस्तो खाने भन्ने कुरा हाम्रो पूर्खाहरुले तय गरिदिएकै छन् । आफु बसेको वातावरण, भूगोल अनुसार स्थानिय उत्पादन हाम्रो शरीरका लागि उपयोगी हुन्छ । साथै मौसमी खानेकुरा आवश्यक हुन्छ ।

खानपानको दैनिक तालिका पनि निर्धारण गरिएको छ । बिहानको खाना पर्याप्त र त्यसपछि क्रमस खानाको मात्रा घटाउँदै जानुपर्छ । सुत्नुभन्दा तीन घण्टा अघि भोजन गरेको उत्तम हुन्छ । दिनहुँ खाइने खानामा आवश्यक मात्रामा पौष्टिक तत्व हुन आवश्यक छ । एउटै खानेकुरा धेरै खानु, जंकफुड र फास्टफुडको बढी प्रयोग गर्दा शरीरलाई आवश्यक पौष्टिक तत्वको कमि भइरहेको हुन्छ । यसका लागि काब्रोहाइड्रेट, भिटामिन, प्रोटिन, फाइबर, चिल्लो, खनिजतत्व, क्याल्सियम, फलाम, आयोडिन, फ्लोरिन, पानी र फोलेट जस्ता सबै पोषकतत्व समावेश हुन जरुरी हुन्छ ।

खानाको दैनिक तालिका

खानपानको तालिका निर्धारण गर्दा हामीले सही र सन्तुलित खानेकुरा सेवन गर्छौ । यसले हामीलाई स्वस्थ्य बनाउँछ । जब हामी स्वस्थ्य हुन्छौं, आफ्नो काम गर्न सक्षम हुन्छौं ।

–खानेकुरा नियमित एउटै तालिकामा खानुपर्छ। बिहानको नास्ता पेटभर खानुपर्छ। यसमा रोटी, गेडागुडी, फलफूल, ब्राउन ब्रेड, बटर, चीज,      दुध, अण्डा, खानु राम्रो हुन्छ।

– खाजा खाएको पाँच घण्टापछि खाना खानुपर्छ। खानामा दाल, तरकारी, साग, रोटी, मासु, फलफूल आदि हुनुपर्छ।

– दिउँसोको समयमा हलुका खाजा, चिया, कफी लिन सकिन्छ।

– बेलुकाको खाना ७ बजेसम्म खाइसक्नुपर्छ। बेलुका पनि दालभात नै खाने हो भने निकै कम खानुपर्छ। माछामासु बेलुका नखाँदा राम्रो हुन्छ। खाना खाइसकेपछि कम्तीमा २ घण्टा सुत्नु हुँदैन। खाना खानेबित्तिकै सुत्दा खाना नपच्न सक्छ।

सफल जीवनका लागि स्वस्थ जीवनको महत्व छ । त्यसैले स्वस्थ रहन माथि उल्लेख गरिएका कुराहरु मनन् गर्नुहोस्

 

 

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech