यी खाने कुरा खानुहोस्, सेक्स पावर बढाउनुहोस्

    • स्वास्थ्य पेज

  • १३ असार २०७८, आईतवार

एक पुरुष र महिला नजिकिन थाल्छन, तब उनीहरुबीच प्रेम हुन्छ। दुबैले एक–अर्कालाई माया, प्रेमसंगै शरीर पनि सुम्पन्छन् ।यौन सम्बन्ध वैवाहिक जीवनमा अति नै महत्वपुर्ण कुरा हो। सेक्सका अनेक चर्चा हुन्छन । मानिसलाई सेक्स अनिवार्य मानिन्छ ।

सेक्समा सन्तुष्ट नहुँदा धेरै समस्यामा पर्ने गरेको हुन्छन । सेक्स क्षमता बढाउन विभिन्न खानपान, व्यवहारले पनि प्रभाव पार्ने अध्ययन, अनुसन्धानले देखाएको छ ।

खाद्य तत्वको नियमति सेवनबाट यौन क्षमता बढ्नुका साथै पूर्णरूपमा सन्तुष्ट प्राप्त गर्न सकिन्छ। चिकित्सा अध्ययनले प्राकृतिक खानपानले १५ देखि २५ मिनेटमा पूर्णरुपमा सन्तुष्ट हुन सकिन्छ ।तपाई यौन सम्पर्कमा सन्तुष्ट हुनुहुन्न भने नियमित केही चिजहरुका सेवन गर्नुपर्ने हुन्छ ।

खरबुजा

खरबुजा सेक्समा सन्तुष्टी प्रदान गर्ने खाद्य तत्वमध्ये एक हो । यसको नियमित सेवनले यौनशक्ति बढ्ने छ । यसले मुटुको दर बढाउने भएकाले उत्तजेना पनि बढ्छ। खरबुजाको नियमित सेवन गर्नाले कामेच्छा बढ्छ।

हरियो तरकारी

हरियो तरकारीमा यौन इच्छा बढाउने मुख्य तत्व हो। हरियो तरकारीमा अमीनो एसिड भरपुर मात्रामा हुन्छ। जुन शरीरमा गएर नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ । त्यसले पुरुषहरुमा इरेक्शन लामो समयसम्म रहिरहन सहयोग गर्छ ।

पिस्टा

त्यस्तै पिस्टाको नियमित प्रयोगले यौनशक्ति बढ्छ । यसको प्रयोगले पार्टनरमा आत्मविश्वास बढ्छ र जसले यौनशक्ति सामान्य अवस्थामा भन्दा बढ्छ । दहीमा फिटेर पिस्टा खानुपर्छ । पिस्ता सलादको रुपमा नियमित खानुपर्छ । बदाम र ओखरले पनि सेक्सको तह बढ्छ । यसको नियमित प्रयोगले कोलेस्ट्रोलको मात्रा बढ्छ । रक्तसञ्चार थप चलायमान हुँदा सेक्स क्षमता पनि बढ्छ ।

फर्सीको बियाँ

फर्सीको बियाँ महिला र पुरुष दुबैको प्रजनन क्षमता बढाउनका लागि फाइदाजनक हुन्छ । त्यसमा जिंक, क्याल्सियम,पोटासियम र फस्फोरसको साथै भिटामिन सी,बी,डी,ई र के पाइन्छ, जसले कामेच्छा उत्पन्न गर्न सहयोग गर्छ ।

अदुवा

यदि खानामा अदुवाको नियमति प्रयोग गरे यौन क्षमता बढ्छ । अदुवाले स्वास्थ्य तन्दुरुस्ती राख्न साथ दिन्छ । कम्तीमा पनि एक हप्तासम्म नियमित अदुवा खाएमा यसले फुर्तिलो राख्नुका साथै यौनशक्ति समेत बढाउछ ।

पालुंगो

यौन शक्ति बढाउने मुख्य खाद्य हो । वैज्ञानिकका अनुसार यसले सधैँ स्फुर्ती प्रदान गर्छ । विशेषत यसले लिंग कडा बनाउन भूमिका खेल्छ।

केरा
केराले पनि यौनशक्ति बढाउने काम गर्छ। यसमा समावेश ब्रोमेलिन नामक एन्जाइमले कामेच्छा बढाउन र सेक्स हार्मोन्सलाई नियन्त्रित गर्न सहयोग गर्छ ।

यस बाहेक केरामा भिटामिन सी, ए र बी १ भरपुर मात्रामा पाइन्छ, जसले पुरुषको शरीरमा शुक्राणु उत्पन्न गर्ने क्षमता बढाउँछ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech