२४ घण्टामा ४९१४ जना संक्रमित निको भए

    • स्वास्थ्य पेज

  • १२ असार २०७८, शनिबार

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९१४ जना संक्रमित निको भएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ८१ हजार ३२७ जना संक्रमित निको भइसकेका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २ हजार १६ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा ९ हजार  ८१० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार १६ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ४ हजार ७०४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १७४  र ४ हजार ८०६ जनाको एन्टीजेन परीक्षण गर्दा ८४२ जना संक्रमित पुष्टि भएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९७५ जना संक्रमितको मृत्यु भएको छ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech