भेरी अस्पतालमा कोरोना संक्रमित थप दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १२ असार २०७८, शनिबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमित थप दुईजनाको मृत्यु भएको छ । बर्दिया बारबर्दिया नगरपालिका र रोल्पा नगरपालिका रोल्पाका दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

जेठ २७ गते कोरोना संक्रमण पुष्टि भएपछि २८ गते अस्पताल भर्ना भएकी बारबर्दिया नगरपालिका-७ बर्दियाकी ५२ वर्षीया महिलाको आज विहान ५ बजे मृत्यु भएको हो ।

यस्तै जेठ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि २२ गते भेरीमा भर्ना भएका रोल्पा नगरपालिका- ४ रोल्पाका ६० वर्षीय पुरुषको विहान ८ बजे मृत्यु भएको हो । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ३ सय ५६ जना संक्रमितको मृत्यु भएको छ ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech