काँग्रेस महामन्त्री खड्काद्धारा ५० लाखको स्वास्थ्य सामाग्री सहयोग

    • स्वास्थ्य पेज

  • ११ असार २०७८, शुक्रबार

सुर्खेतः नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको पहलमा सुर्खेतमा रहेका अस्पताल, स्वास्थ्य चौकीहरुलाई करिव ५० लाख मूल्य बराबरको स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको छ।

पूर्वगृहमन्त्री समेत रहनु भएका महामन्त्री खड्काले कोरोना भाइरससँग जुध्न केही हदसम्म सहज होस् भनेर स्वास्थ्य सामाग्री सहयोग गरिएको बताउनुभयो ।

प्रदेश अस्पताल, आयुर्वेद अस्पताल, मेहेलकुना अस्पताल, मैनतडा आयुर्वेद अस्पतालसहित जिल्लाका ४७ वटा स्वास्थ्य चौकी, तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँच वटा नगरपालिका र चार वटा गाउँपालिकालाई ती सामग्री प्रदान गर्ने कार्यक्रम रहेको छ।

कोभिड-१९ का विरामीहरुको उपचारमा सहयोग पुगोस् भनेर महामन्त्री खड्कालगायत चौधरी ग्रुप र चिकित्सक संघले पनि सामग्री उपलब्ध गराएको बताइएको छ। प्रादेशिक अस्पताल र प्रदेश आयुर्वेद अस्पताललाई आजै ती सामग्रीहरु वितरण गरिएको बताइएको छ ।

महामन्त्री खड्काको तर्फबाट भाइ विष्णुबहादुर खड्का र बुहारी डा सन्जु खड्काले प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्कालाई ती सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

विष्णुबहादुर खड्काका अनुसार पालिका स्तरका स्वास्थ्य सस्थामा भने केही दिनमा बितरण गरिने छ ।  अक्सिजन सिलिण्डर ७५ थान, अक्सिजन कन्सन्ट्रेटर १४ थान, अक्सिजन फ्लोमिटर ४८ थान, सेनिटाइजर दुई सय जर्किन, पल्स अक्सिमिटर ८४ थान, पिपिई सेट १० थान र मास्क दुई लाख २५६ हजार थान वितरण गरिनेछ ।

 

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech