शुक्रबार बाँकेका तीन जनालाई मात्रै कोरोना, संक्रमण दर निरन्तर घट्दो

    • स्वास्थ्य पेज

  • ११ असार २०७८, शुक्रबार

नेपालगन्ज: बाँकेका तीनवटा प्रयोगशालामा शुक्रबार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल १२९ जनाको पीसीआर परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

नेपालगन्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा ८० नमुना परीक्षण गर्दा ७ जना, बागेश्वरी ल्याबमा २२ नमुना परीक्षण गर्दा १ जना र मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा २७ नमुना परीक्षण गर्दा २ जना संक्रमित थपिएका हुन् । जिल्लामा हालसम्म ८३ हजार ६०८ जनाको पीसीआर परीक्षण सम्पन्न भईसकेको छ ।

आज बाँकेमा पुष्टि भएका संक्रमित मध्य जिल्लाका ३ जना पुरुष मात्रै छन् । संक्रमण मुक्त भएर आज थप ९ जना डिस्चार्ज भएका छन् । ४ जना महिला र ५ जना पुरुष संक्रमणबाट निको भएका हुन् । संक्रमणकै कारण आज थप १ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिका अनुसार आज मृत्यु हुने उपचारका लागि अन्यत्र जिल्लाबाट बाँके आएका हुन् । अहिले बाँकेमा संक्रमण दर र मृत्युदरमा निकै कमि आएको छ ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech