असार २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइने

    • स्वास्थ्य पेज

  • ११ असार २०७८, शुक्रबार

A Palestinian Red Crescent health worker prepares a dose of Russian Sputnik V Covid-19 vaccine in the West Bank city of Hebron, on February 11, 2021. - The Palestinian Authority began vaccinating health workers in the occupied West Bank against Covid-19, after a pressure campaign on Israel to provide the jabs. Israel's defence ministry said on February 1 that it would send 5,000 vaccine doses to the Palestinian Authority to vaccinate medical workers. (Photo by HAZEM BADER / AFP)

काठमाडौंः कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो।

पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले बताउनुभयो ।

अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने उहाँको भनाइ छ ।

 

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech