भारतमा कोरोनाबाट मर्नेको संख्या करिब चार लाख

    • स्वास्थ्य पेज

  • ११ असार २०७८, शुक्रबार
तस्विरः फाइल

तस्विरः फाइल

एजेन्सी : भारतमा कोरोना संक्रमणबाट १३ सय बढीको मृत्यु भएको छ । बितेको २४ घण्टामा १ हजार ३२९ को मृत्यु भएको बीबीसीले जनाएको छ । यो सँगैं भारतमा हालसम्म ३ लाख ९३ हजार बढीले संक्रमणबाट ज्यान गुमाएका छन् ।

यस्तै २४ घण्टामा ५१ हजार ६६७ जना नयाँ संक्रमित फेला परेका छन् । भारतमा संक्रिय संक्रमितको संख्या ६ लाख १२ हजार बढी छ । भारतमा हालसम्म तीन करोड एक लाखमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय भारतले कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियानलाई तीव्रता दिएको छ । भारतले हालसम्म ३० कराड ७९ लाख बढीलाई कोरोना खोप दिइसकेको छ ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech