भेरी अस्पतालमा कोभिडबाट ३८ वर्षीय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • ११ असार २०७८, शुक्रबार
bheri hospital

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा थप एकजनाको मृत्यु भएको छ ।

बासगढी नगरपालिका–७ बर्दियाका ३८ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार विहान मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

भाइरस संक्रमण पुुष्टि भएपछि ती पुरुष असार एक गते अस्पताल भर्ना भएका थिए । कडा खाले कोभिडबाट ग्रस्त उनको स्वास्थ्य अवस्थामा सुधार नआउँदा विहान ५ बजे मृत्यु भएको हो।

योसँगै उपचारका लागि बाँके आएका ३ सय ५४ जना संक्रमितको मृत्यु भइसकेको छ ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech