बीपी प्रतिष्ठानका चिकित्सक र विद्यार्थीले प्रधानमन्त्रीलाई पठाए ज्ञापन पत्र

    • स्वास्थ्य पेज

  • १० असार २०७८, बिहीबार

काठमाडौंः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र विस्तार तथा सुधारको माग राख्दै आन्दोलनरत चिकित्सक तथा विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन्। प्रतिष्ठान सुधारका लागि गठित संयुक्त संघर्ष समितिले प्रतिष्ठानलाई धराशायी हुनबाट जोगाउनु पर्ने भन्दै ज्ञापन पत्र लेखेका हुन्।

हेरौं प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्र

सम्माननीय प्रधानमन्त्री एवम् कुलपति के पी शर्मा ओली ज्यू,

विषय– ज्ञापन पत्र

गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादन गर्ने, विषेशज्ञ चिकित्सकहरूबाट बिरामीको उपचार गर्ने र अध्ययन अनुसन्धान गर्ने मुख्य उद्देश्यका करिब तीन दशक अघि स्थापना भएको राष्ट्रिय गौरव बोकेको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान अहिले आर्थिक र प्रशासनिक रुपमा जर्जर भएर जीवन मरणको दोसाँधमा उभिएको कुरा अवगत गराउन चाहान्छौँ।

यहाँ अहिले देखिएका समस्याहरूको तत्काल समाधानका निम्ति कार्य अघि बढाउन नसकेको खण्डमा देशकै एउटा ठुलो संभावना बोकेको अनि पुर्वाञ्चल कै गौरव र धरोहर यस प्रतिष्ठान धराशायी हुनेछ। प्रधानमन्त्री एवं हाम्रो प्रतिष्ठानको कुलपतिको नाताले प्रतिष्ठानमा यी देखिएका समस्याहरूलाई हल गर्न निर्णायक पहलकदमी गर्ने तपाइँको दायित्व हो।

अहिले देखिएका समस्याहरूलाई दुई तहमा बिभाजन गरेर हेर्न सकिन्छ। पहिलो, एवम् प्रमुख समस्या भनेको शिक्षा र स्वास्थ्यमा भएको चरम राजनीतिकरण हो। त्यस अन्तरगत प्रतिष्ठानमा हुने पदाधिकारीको नियुक्तिमा ूराम्रो भन्दा हाम्रो ू भन्ने परिपाटी र ठुलो आर्थिक लेनदेन नै हो। यसको दीर्घकालीन समाधानका लागी ूविश्वविद्यालय तथा प्रतिष्ठानमा पदाधिकारी नियुक्ति मापदण्ड शिफरिश कार्यदलूले तयार पारेको प्रतिवेदन अनुरुप नै भएमा समस्याको समाधान हुनेछ भन्ने हाम्रो विश्वास छ।

दोस्रो, प्रतिष्ठान भित्र भएका र हुने गरेका संस्थागत अनियमितता र भ्रष्टाचार हुन्। उपचार तथा अध्ययन अध्यापनका निम्ति अत्यावश्यक उपकरणहरूको खरिदको क्रममा भएका अनियमितता र भ्रष्टाचार सम्बन्धि दर्जनौं मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानको क्रममा छन।

यस्ता चिकित्सा शात्रका विद्यार्थीको सिकाइ अनि जनताहरूको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने र असर पर्ने मुद्दाहरूलाई द्रुत गतिमा छानविन गरी दोषी ठहर भए कार्वाही गर्न सम्बद्ध निकायहरूलाई निर्देशन गर्नु भएमा यो प्रतिष्ठानले एउटा नयाँ जीवन पाउने थियो। त्यति मात्र होइन, हाल प्रतिष्ठानमा रहेका पदाधिकारी, शिक्षक, कर्मचारी र बिद्यार्थीहरूले गर्ने हरेक क्रियाकलापलाई पारदर्शी र जवाफदेहि बनाउने पद्दतिको थालनी गर्ने सके फेरी यो प्रतिष्ठान नमूना बन्नेछ भन्ने हामीले बिश्वास लिएका छौं।

हजुरको पहलकदमीको आशा लिएका छौं। प्रतिष्ठानको शुद्धिकरणको लागि बिगत एक हप्ता देखि हामी आन्दोलनमा छौं। यसै पत्रको साथमा हामीले हाम्रो मागपत्र पनि पेश गरेका छौं।

धन्यवाद।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech