कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा भेरोसेल लगाउन मिल्छ ?

    • स्वास्थ्य पेज

  • १० असार २०७८, बिहीबार

नेपालगन्जः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुले दोस्रो मात्रामा भेरोसेल खोप लगाउन नमिल्ने स्पष्ट पारेको छ ।

एउटा विज्ञप्ती जारी गर्दै डब्लुएचओले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुले दोस्रो मात्रामा भेरोसेल खोप लगाउन नमिल्ने स्पष्ट पारेको हो । डब्लुएचओको नेपाल कार्यालयले विज्ञप्ति जारी गर्दै त्यसका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको उल्लेख गरेको छ।

‘पहिलो मात्रा एस्ट्राजेनेका खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भनी विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेको भन्ने गलत समाचारप्रति विश्व स्वास्थ्य संगठन ध्यानाकर्षण गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ,‘विश्व स्वास्थ्य संगठनले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झुटो आरोप हो।’

केही अध्ययन अनुसनन्धानले कोभिसिल्ड खोप लगाएका मानिसले भेरोसेल लगाउँदा झन प्रभावकारी हुने जनाउँदै आएका छन्। पहिलो मात्रा एस्ट्राजेनेका खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भनी विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेको भन्ने समाचार गलत भएको दाबी गरेको छ। गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउने विज्ञप्तिमा उल्लेख छ।

 

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech