भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार संक्रमित, ९ सय बढीको मृत्यु

    • स्वास्थ्य पेज

  • १० असार २०७८, बिहीबार

नेपालगन्जः भारतमा पछिल्लो २४ घण्टाभित्र ५४ हजार ३१९ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा ९ सय ७८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको संख्या ३ लाख ९२ हजार नाघेको छ ।

संक्रमितमध्ये २ करोड ९० लाखभन्दा बढी निको भइसकेका छन् भने ६ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । अमेरिकामा तीन करोड ४४ लाखभन्दा बढी संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा करिब १३ हजार संक्रमित थपिएका छन् भने ३१८ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा करिब एक करोड ८१ लाख संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा १ लाख १४ हजारभन्दा बढी संक्रमित थपिँदा २३ सय ४३ जनाको मृत्यु भएको ओल्डमिटरले जनाएको छ ।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech