‘औषधि उपभोक्तालाई ठगि हुन दिदैनौं’

    • स्वास्थ्य पेज

  • १० असार २०७८, बिहीबार

नेपालगन्जः नेपाल औषधि व्यवसायी संघले विहीबार आफ्नो ४८ औं स्थापना दिवसका अवसरमा नेपालगन्जमा विचार गोष्ठि गरेको छ । दिवसको अवसरमा औषधि व्यवसायी संघ बाँकेले अग्रज व्यवसायीसँग विचार गोष्ठि गरेको हो ।

संघका बाँके अध्यक्ष बसन्त शर्माले यो महामारीमा पनि व्यवसायीहरुले औषधि उपभोक्ताहरुलाई गुणस्तरीय र तोकिएकै मूल्यमा औषधि विक्रीवितरण गरिरहेको दावी गर्नुभयो ।

उहाँले औषधि व्यवसायीबाट ठगिएका केही गुनासो आएपनि त्यस्ता व्यवसायीलाई कारवाही गर्ने सवालमा संघ फराकिलो रहेको भन्दै संघले संरक्षण नगर्ने स्पष्ट पार्नुभयो छ ।

कोभिड महामारीका कारण नेपालमै उत्पादन भएका औषधिले माग धान्न गाह्रो छ । त्यसका लागि भारतमा उत्पादित औषधिहरु पनि आयात गर्नुपर्ने अवस्था छ। त्यसका लागि राज्यले पहल गर्नु पर्ने शर्माको भनाइ छ ।

‘गुणयुक्त, असरयुक्त सुरक्षित औषधिको आपूर्ति, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ मनाइएको दिवसको पूर्वसन्ध्यामा संघले नेपालगन्जमा रक्तदान कार्यक्रम गरेको थियो । बाँकेमा करिव ५ सयको हाराहारीमा औषधि व्यवसायी छन् ।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech