औषधि व्यवसायी संघको स्थापना दिवसः अग्रजसँग विचार गोष्ठ

    • स्वास्थ्य पेज

  • १० असार २०७८, बिहीबार

नेपालगन्जः नेपाल औषधि व्यवसायी संघले आज आफ्नो ४८ औं स्थापना दिवस विभिन्न कार्यक्रमगरी मनाउँदैछ ।

कोरोना भाइरस महामारीका कारण यसअघि हुँदै आएका प्रभातफेरी, अन्तरक्रिया, गोष्ठिलगायतका कार्यक्रम नभएपनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर औषधि व्यवसायी संघ बाँकेले भने अग्रज व्यवसायीसँग विचार गोष्ठिको आयोजना गरेको महासचिव जीवन शर्माले बताउनुभयो ।

‘गुणयुक्त, असरयुक्त सुरक्षित औषधिको आपूर्ति, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसको पूर्वसन्ध्यामा हिंजो नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

पछिल्लो समय गुणस्तरीय औषधिको उपभोग विरामीले गर्दै आएका छन् ।

यसअघि तालिम प्राप्त व्यक्तिहरुले औषधि विक्रीवितरण गर्ने गरेको भएपनि अहिले भने फार्मेसी गरेका दक्षजनशक्तिबाट औषधि विक्रवितरण हुने गरेको छ ।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech