अण्डाशयको टयुमरको शल्यक्रिया गरेपछि डा निर्मला भन्छिन्–‘कम उमेरकी किशोरीको टयुमर निकालिएको यो मेरो पहिलो हो !’

    • स्वास्थ्य पेज

  • ९ असार २०७८, बुधबार

नेपालगन्जः ६ महिना अघि नै उनको पेटको तल्लो भागमा सानो डल्लो पलाईसकेको थियो । तर दुखावट भने थिएन् । दुखाइ नभएपछि उनले खासै महत्व दिइनन् ।

आमालाई भने सुनाइएकी थिइन् । तर क्रमशः त्यो डल्लो बढ्दै गयो । दुखाई नभएकाले उनीहरु घरेलु उपचार तिर लागे । धामी झाक्री गर्न लागे । तर एक हप्ता अघि भने उनलाई असह्य पीडा भयो ।

पेट अचाक्ली दुख्यो, वान्ता भयो र दिसा रोकियो । कैलाली गौरीगंगा नगरपालिकाकी १४ वर्षीया किशोरी एकाविहानै धनगढीस्थित सि. पी. अस्पतालमा पुगिन् ।

उपचारमा संलग्न स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. निर्मला शर्माले स्वास्थ्य पेजसँग भन्नुभयो–‘उनी असह्रय पीडाबाट छटपटाउँदै अस्पताल आएकी थिइन् ।’

डा शर्माले तत्काल अल्ट्रासाउण्ड गर्न लगाउनुभयो । हेर्दा अण्डाशयमा ट्युमर देखियो । ‘टयुमर बटारीएर रक्तसंचारमा अवरोध पु¥याइरहेको थियो उहाँले भन्नुभयो–‘तत्काल शल्यक्रियाको निर्णय ग¥यौं र किशोरीको ज्यान जोगियो ।’ ती किशोरीको तल्लो पेटबाट १४×१७ सेन्टिमिटर साइजको टयुमर निकालिएको हो ।

महिलाको अण्डाशयको टयुमरको शल्यक्रिया यसअघि पनि भइरहेकै थियो र हुन्छ पनि । तर यति सानै उमेरमा यो खालको टयुमर भने आफुले पहिलो पटक देखेका डा शर्माको भनाइ छ ।

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. शर्मा भन्नुहुन्छ–‘१४ वर्षकै किशोरीमा यसखालको टयुमरको शल्यक्रिया गरिएको मेरो पेशागत जीवनमा पहिलो हो ।’ यसअघि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा समेत काम गर्नुभएकी डा शर्माले समयमै उपचार प्राप्त गरेका कारण किशोरीको ज्यान जोगिएको बताउनुभयो ।

अण्डाशयमा कोषिकाहरुको उत्पादन आवश्यकताभन्दा बढी भएका टयुमर बन्ने गर्दछ । यस्ता टयुमर सबै क्यान्सर हुँदैनन् तर शरीरमा गाठाँगुठी देखिए चिकित्सकको परामर्श लिनुपर्छ ।

समयमै उपचार पाउने हो भने सहजै यस्ता समस्याबाट छुट्करा पाइने डा शर्माको भनाइ छ । आफ्नो शरिरमा देखिने गाँठागुठीबारे आफै सचेत हुनु पर्छ उहाँ भन्नुहुन्छ–‘शंकास्पद गाँठागुठी देखिए तत्काल चिकित्सकसँग परामर्श गर्नु पर्छ ।’

सुदूरपश्चिम प्रदेशमा अझैपनि मानिसहरु विरामी हुँदा धामी झाक्रीको विश्वास गर्ने गर्छन् । अन्तिम अवस्थामा पुगेपछि मात्रै अस्पताल पुग्ने गरेको चिकित्सकहरु बताउँछन् । जस्का कारण समयमै उपचार नपाउँदा उनीहरुको ज्यान जोखिममा पर्ने गरेको छ ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech