बाँकेमा जतिबेला पनि फौजी किरा महामारी बन्न सक्छ, किसान सजग हौं !

    • स्वास्थ्य पेज

  • ९ असार २०७८, बुधबार

नेपालगन्जः अमेरिकन फौजी किराले जतिबेला पनि मकै बालि नष्ट गर्ने भएकाले सतर्कता अपनाउन कृषि ज्ञान केन्द्र बाँकेले किसानहरुलाई आग्रह गरेको छ ।

यसअघि फौजी किराको प्रकोप देखिसकेको बाँके अहिलेपनि उच्च जोखिममा रहेको भन्दै केन्द्रका प्रमुख सागर ढकालले किसानहरुले आफ्नो खेतवारीतर्फ विशेष ध्यान दिनु पर्ने सुझाव दिनुभयो ।

अहिले महामारीको रुपमा नदेखिएको भएपनि फौजी किराले आफुअनुकूलको मौसम पाए र मकैको बोटहरु भेटाए जतिबेला पनि विकरालरुप लिन सक्ने ढकालले बताउनुभयो ।

यसले मकैलाई जतिबेला पनि क्षति पु¥याउन सक्छ । तर पनि मकै तीन÷चार पाते हुँदा र धानचवँर हुने बेला बढी सताउने गर्छ । लार्भाले विस्तारै पात र गुबो खान थाल्छ ।

त्यसपछि मकैमा क्षति पुग्छ । यसका लागि पटकपटक विषादी प्रयोग गर्नुपर्छ । यो व्यापक रूपमा फैलिने भएकाले किसानहरू सचेत भइरहनुपर्छ ।

केन्द्रले जिल्ला कृषकलाई आवश्यक विषादी दिने व्यवस्था मिलाएको छ भने किसानहरुले फौजी किराको संक्रमणबारे जनचेतना जगाउने काम गरिरहेको छ ।

सबैभन्दा पहिले किसानहरु नै सचेतना अपनाउनु पर्नेमा उहाँको जोड छ । बाँकेमा गएको वर्षपनि मकै र धान खेतीमा फौजी किराले ठूलो नोक्सानी गरेको थियो । मकैले घोगा हाल्नेबेला फौजी किराको प्रकोप फैलिँदा किसानहरुले ठूलो लगानी गुमाउनु परेको थियो ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech