डडेलधुरामा स्वास्थ्यकर्मी मृत्युः छानविन गर्न सांसदहरुको माग

    • स्वास्थ्य पेज

  • ७ असार २०७८, सोमबार

धनगढीः डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामी मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न प्रदेश सांसदले माग गरेका छन्।

सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्दै डेडल्धुराकी सांसद कुन्ती जोशीले अस्मिता घट्नाको सत्यतथ्य छानबिन गरी मृतक परिवारलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले प्रदेश सरकारले घट्नाको थप अनुसन्धान गरी छानविन गरी पीडित परिवारलाई राहतको माग गर्नुभयो ।

यस्तै सांसद पठानसिंह बोहराले पनि घटनाको सत्यतथ्य छानविन गर्न माग गर्नुभयो । असार ५ गते मृत अवस्थामा फेला परेकी धामीको शव तीन दिनपछि सोमबार जोगबुडा अस्पतालमा परीक्षण गरिएको छ। पोष्टमार्टम रिपोर्टबाट उनको हत्या गरिएको र बलात्कार भएको भन्नेबारे कुनै तथ्य फेला नपरेको जनाइएको छ।

असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो।

मृतकको शरीरमा निलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो र उक्त स्थानमा मदिराको खाली बोत्तल फेला परेकाले उनको हत्या गरिएको स्थानीयले बताइरहेका छन्। प्रहरीले पनि आफ्नो अनुसन्धान जारी राखेको जनाएको छ। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको छ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech