पछिल्लो २४ घण्टामा बाँकेमा ५३ जना कोरोना भाइरस संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ७ असार २०७८, सोमबार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । तीन वटा प्रयोगशालामा १ सय ८८ नमुना परीक्षण गर्दा ५३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १ सय ३८ नमुना परीक्षण गर्दा ४९, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २७ नमुना परीक्षण गर्दा १ र बागेश्वरी प्रयोगशालामा २३ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

तीमध्ये १४ जना बाँकेका हुन् भने ३६ जना बर्दियाका भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech