अमेरिकी फौजी किराको प्रकोपः कति जिल्लामा पुग्यो ?

    • स्वास्थ्य पेज

  • ७ असार २०७८, सोमबार

काठमाडौंः देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतंकविरुद्ध लड्न प्रशस्त सूचना र तथ्याङ्क अभाव भएको बताएका छन् ।

केही समयअघिसम्म खेतको मकैलाई क्षति पुर्‍याएको फैजी किरा अहिले देशभरको ६४ जिल्लामा फैलिएको जानकारी आएको प्लान्ट क्वरेन्टिाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । किरा फैलिएको जिल्ला मोटामोटी जानकारीमा आए पनि त्यसको अवस्था र क्षतिबारे कुनै विवरण तल्ला निकायबाट प्राप्त नभएको केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले बताउनुभयो ।

पटक पटक आग्रह गर्दा पनि प्रदेश र स्थानीय तहबाट जानकारी पाउन नसकिएको उहाँको भनाइ छ । मुलुक संघीय संरचनामा गएपछि कृषिका कार्यालयहरु प्रदेश र स्थानीय तहमा समायोजन गरिएको र उनीहरुबाट कुनै तथ्याङ्क प्राप्त नभएको केन्द्रले जनाएको छ ।

खेतको मकै उम्रिने बतिक्कै तथा डेढ फिट उचाइको हुँदा फौजी किराको आक्रमणमा परेको र अहिले सो प्रकोप बारीको मकैमा सल्किएको सुवेदीले बताउनुभयो ।

मकै बाली नष्ट गर्ने अमेरिकी फौजी किराको फैलावट र क्षतिबारे कुनै विवरण प्राप्त नभएको संघिय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि जनाएको छ । अघिल्लो वर्ष किराका कारण हुने क्षति अधिक रहेकामा यस पटक त्यस्तो नभएको एक अधिकारी बताउँछन् ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech