कञ्चनपुरमा जारी निषेधाज्ञा असार १४ गतेसम्म थप

    • स्वास्थ्य पेज

  • ७ असार २०७८, सोमबार

कञ्चनपुर : कञ्चनपुरमा जारी निषेधाज्ञा असार १४ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई असार १४ गतेसम्म कायम राख्ने आदेश गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जारी गरेको आदेशमा निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा र अनुमति प्राप्त बाहेकका सबै प्रकारका सवारी साधन बन्द रहनेछन् ।

अत्यावश्यक सेवाका पसल दैनिक बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न पाइनेछ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संघसंस्था, गैरसरकारी संघसंस्थाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न पाइनेछ ।

सभा सम्मेलन, गोष्ठी एवंम् भीडभाड हुने स्थान खोल्न भने पाइने छैन । स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर बढीमा १० जनाको सहभागितामा विवाह ब्रतबन्ध जस्ता साँस्कृतिक कार्य भने गर्न पाइने आदेशमा उल्लेख छ ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech