अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीले मित्र मण्डललाई दिए २८ हजार

    • स्वास्थ्य पेज

  • ७ असार २०७८, सोमबार

नेपालगन्जः जन्मथलो बाँकेमा रहेर अध्ययनको शिलशिलामा इजरायलमा गएका विद्यार्थीले भेरी अस्पतालमा संचालित सुन्दरकाण्ड मित्र मण्डललाई २८ हजारबढी रकम सहयोग गरेका छन् ।

मित्र मण्डलले अस्पतालमा रहेका कोभिडका विरामी र कुरुवाका लागि २० रुपैयाँमा खाना खुवाइरहेको छ । बाँकेका विभिन्न ठाउँबाट इजरायल पुगेका ८ जना विद्यार्थीले पठाएको २८ हजार २ सय ७५ रुपैयाँ रकम आज एक कार्यक्रमकाबीच नेपाली काँग्रेस कोभिड १९ अनुगमन समिति बाँकेका संयोजक लक्ष्मीनारायण शाहले मित्र मण्डलका संरक्षक विजय गुप्तालाई प्रदान गर्नुभएको हो ।

शाहका अनुसार, नेपालगन्ज २२ का अमित कुमार वर्मा, राप्तीसोनारी ५ का सुरेन्द्रकुमार चौधरी, वडा नम्वर ७ का सतिश थापा, रिमा कुमारी वोहरा, वडा नम्वर ८ का जगदीश चौधरी, खजुरा गाउँपालिका ४ का हेमन्त थापा, वडा नम्वर ८ का दिपक पौडेल र बैजनाथ गाउँपालिका १ का तारा खत्रीले उक्त रकम पठाउनुभएको थियो । कृषि सहकारीमा आबद्ध उहाँहरु अध्ययनको शिलशिलामा इजरायल पुगेका हुन् ।

सुन्दरकाण्ड मित्र मण्डलद्धारा संचालित अञ्जली माता रसोईमा शनिवारबाहेक अन्यवार प्रतिव्यक्ति २० रुपैयाँमा साँझ विहान खाना खाने कार्यक्रम चलिरहेको हो ।

गएको दंशैको फुलपातीको दिनबाट सुरु भएको यो अभियानमा अहिलेसम्म करिव ९० हजारबढीले खाना खाएको संरक्षक यादवले बताउनुभयो । अध्ययनका शिलशिलामा त्यहाँ पुगेका विद्यार्थीहरुले गरेको सहयोगप्रति यादवले धन्यवाद दिनुभएको छ ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech